एन.एम.वि. बैंकद्वारा लमही नगरपालिकालाई खाद्यान्न

देउखुरी, जेठ २० । एन.एम.वि.बैंक लमही शाखाले लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार ४ सय २० रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनले प्रभावित पर्न गएका अति विपन्न घर परिवारलाई एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने उदेश्यले ५१ हजार ४ सय २० रूपैयाँ बराबरको ७ कुन्टल चामल, सवा १ कुन्टल दाल, १ कुन्टल नुन र ५० लिटर खानेतेल नगरपालिकाको विपद् व्यवस्थापन कोषामा सहयोग गरेको हो ।

मंगलवार लमही नगरपालिका नगर उपप्रमुख देवका बेल्वासे, बैंकका कर्मचारीहरूको संयुक्तमा बैंकका शाखा प्रमुख ठाकुरप्रसाद चौधरीले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको थियो ।

DG Mobile Dang