दंगीशरणका ४० जनाको स्वाव संकलन गरि पठाईयो

दिप्तीशिखा चौधरी

दंगीशरण, २० जेठ। दंगीशरण गाउँपालीकाको क्वारेन्टाईनमा रहेका नागरिकहरुको आज स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । पालीकाको दुई वटा क्वारेन्टाईनमा रहेका ४० जनाको स्वाव संकलन गरि पठाईएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

DG Mobile Dang

अहिले पालिकाको बिरेन्द्र मा.वि.मा ४७ जना र श्री सिद्ध पृथ्वी जनता मा.वि.मा ५१ जना गरि दुई वटा क्वारेनटाईनमा जिल्ला बाहिर र विदेश बाट फर्किएका ९८ जना नागरीकहरु रहेका छन् । केहि दिन अघि ५८ जनाको स्वाव संकलन गरि पठाईसकिएको र उनीहरुको रीपार्ट आउँन बाकिँ रहेको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए ।