रुकुम काण्ड : गढवामा प्रदर्शन, राजनितिको आडमा दोषीलाई नछोड्न माग

टेकबहादुर पुन

दाङ २० जेठ। अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोध गर्दै दाङ्गको गढवामा बिरोध प्रर्दशन भएको छ । रुकुममा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै दलित शसक्तिकरण अभियान गढवाले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारी हरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछोड्न माग समेत गरेका छन् ।

DG Mobile Dang

त्यस्तै उनीहरुले दलितलाई समाजमा हुने विभेद अन्त्य हुनुपर्ने र बिभेद गर्नेलाई कडा कारवाही गर्नुपर्ने भन्दै ब्यानर प्रदर्शन गरेका छन् । यस्ता घटना सामाजिक अपराध भएको र यस्ता क्रियाकलाप तत्काल रोक्न भन्दै उनिहरुले बिरोध जनाएका हुन् । जनता माबि बाट शुरु भएको र्याली गढवा गाउँपालिका कार्यालय हुँदै चोकमा फर्किएर कोण शभामा परिणत भएको थियो ।

शभालाई अभियानका अध्यक्ष बेगमराज गहतराज, उपाध्यक्ष जयकला बि. क, अम्मर सुनार, गेहेन्द्र दुधराज, ज्ञानबहादुर परिवार, तिलक परियार, कमला नेपाली, दुर्ग बहादुर सुनार लगायतका बक्ताले सम्बोधन गरेका थिए । अभियानले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबलाई ज्ञापन पत्रपनि बुझाएको छ ।

यहि जेष्ठ १० गते साँझ भएको घटनामा भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप बिकको मृत्यु भएको थियोे ।