प्युठानमा पनि पुग्यो कोरोना : भिंग्रीका एक जना संक्रमित

प्यूठान, जेठ २० । प्यूठानमा एक जनालाई कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षण अनुसार स्वर्गद्धारी नगरपालिकाका एक जनालाई पुष्टि भएको हो ।

अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ का ५९ वर्षिय पुरुषलाई कोरोना लागेको पुष्टि भएको छ । प्यूठानमा पहिलो पटक कोरोना पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार मंगलवार प्यूठान सहित ९ जनालाई कोरोना देखिएको छ । पुष्टि भएका मध्ये बंगलाचुली गाउँपालिकाका ६ र राप्ती गाउँपालिका दाङका २ जना छन् ।

DG Mobile Dang