दाङमा आज थप ८ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५१ पुग्यो

दाङ, जेठ २० । दाङमा थप ८ आजमा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर जाँचमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

प्रतिष्ठानका अनुसार बंगलाचुली गाउँपालिका वडा नं. ७ का २९ वर्षीय पुरुष, वडा नं. ५ का १९, २७, ३१, ३२ र ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने राप्ती गाउँपालिका वडा नं. १ का १८ वर्षीय पुरुष र वडा नं. ९ का ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।

DG Mobile Dang

बंगलाचुलीका सरस्वती मावि जवरकोट र सुडा मावि झेलनेटको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुमा संक्रमण देखिएको छ । त्यस्तै राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभूत विद्यालय र आदर्शमाविको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिमा संक्रमण देखिएको हो ।