व्यवसायिक बंगुर पालन तालिम सुरु

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी, माघ |कृषक स्तर व्यवसायिक तालिम बंगुर पालन तालिम आईतवार देखि लमहीमा सुरु भएको छ । लमही नगरपालिका पशु सेवा उपशाखाको आयोजनामा उक्त तालिम सुरु भएको हो । तीन दिन सम्म चल्ने छ । तालिममा लमही नगरपालिका वडा नम्बर एक देखि नौ नम्बर वडाहरू बाट तीन तीन जनाकादरले कृषकहरुको सहभागिता रहेको छ ।

Advertise with us

कृषकहरुलाई कृषकमैत्री बनाउने र कृषकहरूको जीवन स्तरवृद्वि गर्नका लागि यो तालिमको आयोजना गरेका हौँ, लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले भन्नुभयो । हामीले कृषकलाई तालिममुखि बनाउनदै, कृषि सम्बन्धि विभिन्न शिर्षकमा तालिमहरू सञ्चालन गर्ने र कृषकहरुको जिवनलाई स्तर उन्नति गर्ने बेल्वासेले भन्नुभयो ।