दाङमा ६ हजार ६ सय बढी बेड क्षमताको क्वारेन्टाइन निर्माण

दाङ, २० जेठभारतबाट भित्रने नागरिकको संख्या दैनिकजसो थालेपछि दाङमा क्वारेन्टाइनको क्षमता बढाइएको छ । जिल्लाका दश स्थानीय तहमा अहिले ६ हजार ६ सय ६ सय ५८ क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार सबैभन्दा बढी घोराहीमा २ हजार ५१० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै राप्ती गाउँपालिकामा १ हजार २ सय, बंगलाचुली गाउँपालिकामा १ हजार ७६ , तुलसीपुर उपमहानगरपालिकामा ७ सय २१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

त्यसैगरी गढवा गाउँपालिकामा ३२६, राजपुर गाउँपालिकामा २३०, लमही नगरपालिकामा २०२, शान्तिनगर गाउँपालिकामा १९३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

DG Mobile Dang

त्यसैगरी बबई र दंगीशरण गाउँपालिकामा १००÷१०० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । भारतबाट दैनिक भित्रिनेको संख्या बढ्दै गएपछि दाङका क्वारेन्टाइनको क्षमता पनि बढाइएको हो ।

दाङका दश स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा अहिले ५ हजार १ सय ३८ जना बसेका छन् । उनिहरु अधिकांश भारतबाट आएको रहेको फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।