भारतमा कोरोना : ५ हजार ६ सयको मृत्यु, १ लाख ९८ हजार संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक कोरोना संक्रमण फैलिएका देशको सूचीमा सातौं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल, अमेरिका छन्।

भारतमा कोरोना संक्रमणपछि ५ हजार ६ सय ८ को मृत्यु भइसकेको छ। त्यस्तै, ९५ हजार ७ सय ५४ जना संक्रमणमुक्त भइसकेका छन्।

Blog Post Ad
Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *