व्यवसायीको गुनासो ‘राज्यले हेप्न छोडेन’

Advertise with us

दीपक जीएम

दाङ, माघ १३ । संघीय संरचना अनुसार निर्माण हुने कानुन निर्माण मैत्री हुनुपर्ने निर्माण व्यवसायीहरुले बताएका छन् । हिजो देखि नै निर्माण व्यवसायीहरुलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै सरकारले कानुनबाटै पछाडी पार्ने काम गरेको उनीहरुले बताए ।

Buddha International Hospital

Advertise with us

दाङ निर्माण व्यवसायी संघको २० औँ साधारण सभा तथा ९ औँ अधिवेशनको अबसरमा आयोजित कार्यक्रममा बोल्दै निर्माण व्यवसायीले राज्यलाई पु¥याएको योगदान विर्सेको बताए । ‘संघीय संरचनामा देश गैसके पछि अहिले तीन तहमा कानुन निर्माणको प्रक्रिया अगाडी बढेको छ । त्यो कानुन निर्माणमैत्री हुन आबस्यक छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर रायमाझीले भन्नुभयो, ‘निर्माण मैत्री कानुनको अभाव भए समग्र विकास र समृद्धिमा अबरोध आउछ ।’ अहिले निर्माण सम्बन्धी नियमावली समेत आउने तयारी रहेको भन्दै रायमाझीले पहिले जस्तो केन्द्रकै मुख ताक्नु पर्ने अबस्थाको अन्त्य गर्न उहाले आग्रह गर्नुभयो ।

पुर्वकेन्द्रीय उपाध्यक्ष लक्ष्मणकुमार रानाले निर्माण व्यवसायीले सच्याउनुपर्ने केहि विषयहरु भएपनि राज्यले आफुहरुलाई मारमा पार्ने काम गरेको बताउनुभयो । निर्माण व्यवसायीलाई नकारात्मक सोच्ने राजनीतिक दलहरुले समेत आफ्नो भुमिकालाई परिवर्तन गर्दै समाज विकासको अभियानमा प्रत्यक्ष सहभागीता जनाउन उहाले आग्रह गर्नुभयो । ‘निर्माण व्यवसायीलाई दलाल भन्नेहरुबाटै विकास रोकिएको छ । हामीले काम गरेको पैसा पाएका छैनौँ, पहाडमा बाटो खन्ने हामीहरुलाई नै दलाल भन्ने विषय सच्चाउनुपर्छ ।’ रानाले भन्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका प्रदेश नं. ५ का अध्यक्ष बलिभन्द्र रानाले क्षमता अनुसारको आयोजना लिने, गुणस्तरिय काम गर्ने, पैसा कमाउने र त्यो पैसा सामाजिक कार्यका लागि खर्च गर्ने बताउनु भएको छ । ‘निर्माण व्यवसायीको भुमिका र राज्यले निर्माणको लागि गर्न सक्ने प्राविधिक विषयहरुको बारेमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई प्रतिबेदन बुझाई सकेको छ ।’ रानाले भन्नुभयो, ‘अब निर्माण कम्पनीले पहुँचको आधारमा योजना प्राप्त गर्ने र म्याद थप्ने कार्य बन्द हुन्छ ।’ रानाले क्षमता भन्दा बढि आयोजना नलिन समेत आग्रह गर्नुभयो ।

साथै कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मेघजंग शाह, बालाजु श्रेष्ठ, नेकपाका नेता विवेक श्रेष्ठ, नेपाली काँग्रेसका शंकर डाँगी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, कोषाध्यक्ष आरके शितल लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा अग्रज निर्माण व्यवसायी, उत्कृष्ठ निर्माण व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष गणेश गिरीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गोपालप्रसाद घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव द्रोण बहकरीले गर्नुभएको थियो ।