अपांगताको सेवामा सबै जुटौ

 

Buddha International Hospital

विक्रम तामाङ

Advertise with us

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र वि.सं. २०५४ सालमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र काठमाण्डौको शाखाको रुपमा दाङमा स्थापना भएको हो । यो घोराही उपमहानगरपालीका वडा नं. १४ झिंगौरामा छ । राप्ती अंचल तथा प्रदेश नं. ५ मै अपाङ्गताको क्षेत्रमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा पु¥याउदै आएको पहिलो सस्था हो ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र, समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता भई जिल्ला प्रशासन कार्यालय दाङबाट शाखा स्वीकृती समेत प्राप्त गरेको छ । यस संस्थाले आफ्नो स्थापना काल देखि नै शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सीपमुलक तालिम र पुर्नस्थापनाको लागि विभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गरी काम गर्दै आएको छ । यो संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ ।
यस संघको भौतिक संरचना भन्नुपर्दा स्वर्गद्धारी आश्रमले उपलब्ध गराएको पौने २ विघा जमिन र उक्त परिसरभित्र तारबार गरिएको फलामे गेट सहित ७ कोठे पक्की व्यवसायिक एवं कार्यालय भवन, २ वटा तालिम हल, ४ कोठे छात्रावासको लागि अपाङ्गमैत्री भवन जुन अहिले अपाङ्ग पुनस्र्थापना केन्द्र सञ्चालन (दीर्घकालिन) गरिइको छ,
एउटा इनार सहित १० हजार लिटर पानी टङ्की, अपाङ्गमैत्री २ शौचालय, २ स्नानघर भएको, मनोरञ्जनको लागि टेलिभिजन तथा निःशुल्क ईन्टरनेट सेवा, खेलकुद तथा मनोरञ्जनका लागि खुला चौर तथा बगैचा, अपाङ्गमैत्री सुविधायुक्त भान्साघर भएको छ ।
सस्थाको उद्देश्य ः राप्ती अंचल तथा प्रदेश नं. ५ मा रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य सेवा उपचार, अप्रेशन, व्यावसायिक सीपमुलक तालिम, सहायक सामग्री र कृत्रिम अंग प्रदान गर्ने । आगोबाट पोलिएर छाला जोडिएकाहरुको निशुल्क शल्यक्रिया हाड जोर्नी, क्लब फुट, ओठ तथा तालु फाटेका खुँडेहरुको निशुल्क अप्रेशन सेवा प्रदान गर्ने । विद्यालय छाडेका एवं विभिन्न विद्यालयमा अध्ययन गरिरहेका अपाङ्गता भएका विद्यार्थीहरुका लागि आवश्यकता अनुसारको कटाई सिलाई तालिम, रेडियो टेलिभिजन, मोबाइल मर्मत तालिम, मैनबत्ती, चक, बाँसका बस्तु बनाउने, सिलाई मेसिन मर्मत, स्टोभ प्रेसर कुकर मर्मत तालिमहरु प्रदान गर्ने । विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्ग बालबालिकाहरुका लागि छात्रवृत्ति, स्टेशनरी र विद्यालय ड्रेसहरु प्रदान गर्ने । विभिन्न कारणबाट हात खुट्टा नभएका अपाङ्गता भएका व्यक्तीहरुलाई कृत्रिम हात खुट्टा, ह्वीलचियर, बैशाखी, वाकर, एलबोक्रचेच, सेतो छडी, क्यालिपर, अर्थोपेडिक जुत्ता प्रदान गर्न ।
विभिन्न स्थानिय निकायहरुसँग सहकार्य गरी बढीभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने । जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्ने । अविभावक विहीन तथा अति अशक्त असाहय , गरीबी भएका अपाङ्गता ब्यक्तिहरुका लागि दीर्घकालिन अपाङ्ग गृह (स्याहार केन्द्र) स्थापना गरी गाँस, बास, कपास, स्वास्य तथा मनोरञ्जन प्रदान गर्ने ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि फिजियोथेरापी सेवा र सहायक सामग्री उत्पादन गरी वितरण गर्ने ।
संस्थाको समस्या ः
हाल नेपालमा स्थिर तथा दिगो सरकार बनेको छ तर अरु संघ संस्थाको दाँजो अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति खुलेको संस्थाहरु अलि बडी स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो नदिएको जस्तो छ । आ.व. २०७५÷०७६ को स्थानीय बजेट हेर्ने हो भने बजेटको १% पनि छुट्टाएको देखिन्न । संस्थालाई नछुट्टाए पनि केही छैन तर लक्षित वर्गलाई त छुट्टाउनुपर्छ नी, होईन र ? खोई त ?
संस्थाले गनुपर्ने हरेक काम गरेकै छ । पटक पटक स्थानीय, प्रदेश तथा केन्द्रका जनप्रतिनिधिहरुलाई संस्था भ्रमण गराई अपाङ्ग तथा संस्थाको समस्या बारे जानकारी गरे तैपनि केही भएन । विकास भनेको भौतिक संरचना मात्र नभई व्यक्तिगत विकास पनि एक हो । कहाँ छन त अहिले अपाङ्ग पुनस्र्थापना केन्द्र ? अपाङ्ग होस्टेल ? अपाङ्गमैत्री खेलकुद ? अपाङ्गमैत्री साधन ? अपाङ्गमैत्री राज्य ? कि राज्य भनेको बलियो र सक्नेहरुको मात्र हो ? हाल सरकारले अपाङ्गता भएको ब्यक्तिको क्षेत्रमा काम गनेृ संस्थालाई स्थानीय तह मार्फत उपलब्ध गराईने अनुदान रकम सम्बन्धी कार्यबिधि–२०७५ बनाएको छ त्यो पनि कार्यन्वयनको लागि होईन केवल नमुनाको लागि मात्र हो ।

 


प्रदेश नं. ५ को सत्ता समाल्नेहरुले तोकेरै यो नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्धारी शाखा झिंगौरा, दाङलाई प्रदेश स्तरीय अपाङ्ग पुनस्र्थापना केन्द बनाउने चुनावी घोषणा पत्र मै छ । खोई त कार्यन्वयन भएको ? विविध समस्याका बावजुत पनि यस संस्था निरन्तर अपाङ्गता भएका व्यक्तिहरुको निम्ति निरन्तर लागिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको समस्या ः दाङ जिल्लामा जम्मा १२८८१ जना अपाङ्गता भएका व्यक्तिहरुमध्ये करिव ५०० जना पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय प्राप्त गरिसकेका छन । अशिक्षा, जनचेतनाको कमी र गरिवीको कारणले पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि परिवारले बोझको रुपमा लिने, उचित स्याहार सुसार नगर्ने, बाँधेर राख्ने, कोठामा थुनेर राख्ने गरेको घटनाहरु सुन्नमा आएको हुन्छ । पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु अभिभावक विहिन भइ सकेपछि झनै जटिल समस्याका साथ पशु सरहको समाजबाट उपेक्षित जीवन विताउन बाध्य भएका हुन्छन् । त्यसैले त्यस्तो पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई सुरक्षितका साथ गास, वास, कपास, स्वास्थ्य तथा मनोरन्जनको व्यवस्था गरी दिर्घकालिन रुपमा राज्यले पुर्नस्थापना गृहमा राख्नको लागि अपाङ्ग लक्षित कार्यक्रमको व्यवस्था गनुपर्ने हो ।
भने अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री उपलब्ध गराउने, शिक्षामा पहुँच बढाउनुपर्ने, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमूलक तालिम र अधिकारको लागि विभिन्न क्रियाकलाप गराउनु पनेृ सास्याहरु छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थाले गरेका कार्यहरु ः
अपाङ्गता अभिमुखीकरण तालिम, अपाङ्गता सम्बन्धी जनचेतना कार्यक्रम, परामर्श तथा अन्य सेवाहरु, छ महिने आधारभुत शिलाई कटाई तालिम, तीन महिने एड्भान्स शिलाई कटाई तालिम, छ महिने आधारभुत आधारभुत कम्प्युटर तालिम, टी.भी. तथा रेडियो मर्मत तालिम, विभिन्न खेलकुदको कार्यक्रम, अपाङ्गता घुम्ति शिविर तथा अप्रेसन शिविर, सहायक सामग्री वितरण कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुलाई अप्रेसनको लागि रेफरल कार्यक्रम, १२ दिने निशुल्क उद्यमशिलता विकास तथा जीवनउपयोगी सीप तालिम, एक महिने मैनवत्ती तथा दालमोठ नमकिन भुजीया तालिम, गुडिया बनाउने तालिम, सहायक सामाग्री बनाउने तालिम ।
अपाङ्गता भएका व्यक्तिहरुका समस्या तथा संस्थाको समस्या हल गर्ने उपायहरु ः
अपाङ्गता भएको व्यक्तिहरुको दीर्घकालिन रुपमा पुर्नस्थापना गर्नका लागि अपाङ्ग पुर्र्नस्थापना गृह संचालन गरेर ५ नं. प्रदेश कै अपाङ्गताहरुलाई सेवा दिनका लािग यस संस्थाले लक्ष्य लिएको छ । यसका लागि यस संस्थाले पाँच लाख रुपैयाको अक्षयकोष तथा तीन लाख रुपैयाको मुद्धती खाता स्थापना गरिएको छ ।
साथै विभिन्न संघ संस्था तथा बुद्धिजीवीहरुसँग सल्लाह तथा परामर्श गरिरहेको छ । अपांगता व्यक्तिहरु सबैको घरमा हुन सक्छ । सानो तिनो दुर्घटनाले पनि व्यक्ति अपांग हुन सक्छ । त्यसकारण अपांगता भएकाहरुको विकासको लागि सबैले हातेमालो गर्न जरुरी छ । सवैले सहयोग गर्नु जरुरी छ । सबैले चासो र चिन्ताका रुपमा लिन जरुरी छ । अपांगता भएकाहरुको सहयोगमा सबै जुटौ ।
यस कार्यक्रमलाई दीर्घकालिन रुपमा सफल पार्न विभिन्न संघ संस्था तथा जनप्रतिनिधिहरुलाई म बिषेश अनुरोध छु ।

(तामाङ संस्थाका कर्मचारी हुन)

Advertise with us