दाङ निर्माण व्यवसायी संघमा अधिबेसनको चटारो

दाङ, माघ १२ । दाङ निर्माण व्यवसायी संघको २० औँ साधारण सभा तथा नवौँ अधिसेवन  हुँदैछ । अधिवेसनको तयारी पुरा भएको संघले बताएको छ । साधारण सभा तथा नवौँ अधिसेवनको विहान ८ बजे उद्घाटन हुने भएको छ । अधिबेसनको उद्घाटन केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले गर्नु हुने भएको छ ।

Buddha International Hospital

Advertise with us

अधिवेसनको अंघारमा प्यानल निर्धारण हुन थालेका छन् । यसैविच ईश्वर पुनको नेतृत्वमा संयुक्त व्यवसायीक प्यानल निर्माण भएको बताईएको छ । जस्को बरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे, महासचिवमा शोकबहादुर रोका, सचिवमा द्रोणबहादुर बहकरी, कोषाध्यक्षमा हरिवंश दाहाल सहितको प्यानल चुनावि मैदानमा रहेको छ ।

अध्यक्षको दावि गर्दै आउनु भएका ईश्वर पुन संघका उपाध्यक्ष भैसक्नु भएको छ भने निवर्तमान सल्लाहकारको भुमिकामा रहनु भएको महासचिव शोकबहादुर रोकाले जानकारी दिनुभयो ।

Advertise with us