घोराहीमा स्कोप म्यूजिक

घोराही, माघ १२ । घोराहीमा नयाँ म्यूजिक ईन्टिच्यूट सञ्चालनमा आएको छ । घोराहीको नेपाल बैंक रोडमा स्कोप म्यूजिक ईन्टिच्यूट शनिवारदेखी सञ्चालनमा आएको हो ।

Buddha International Hospital

Advertise with us

ईन्टिच्यूटको वरिष्ठ संगीतकार गोविन्दराज श्रेष्ठले गर्नुभएको थियो । ईन्टिच्यूटको उद्घाटन गर्दै श्रेष्ठले संगीत ईन्टिच्यूटले प्रतिभाको विकास गर्ने बताउनुभयो । संगीतमा लगाशीलता र अभ्यास आवश्यक भएको उहाँको भनाई छ । जीवन संगीतमै वित्छ तर संगीतको उचित सम्मान हुन नसकेको पिन श्रेष्ठले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले संगीत क्षेत्रमा दाङ अगाडि बढिरहेकाले यस्ता संगीत ईन्टिच्यूटले नयाँ कलाकार उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले दाङमा रिकडिङ स्टुडीयो आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा लक्ष्मी श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रोशनी थापा, नवीन भारति, रजनी थापा, केशव रावत, सुशील गुप्ताले प्रस्तुति राख्नुभएको थियो । साहित्यकार डा।लोकराज पराजुलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण गायक तथा संगीतकार केशव रावतले गर्नुभएको थियो ।

ईन्टिच्यूट गायनकासाथै हार्मोनियम, गितार, ड्रमसेटका कक्षाहरू सञ्चालन हुने सञ्चालक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । विहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । ईन्टिच्यूटको प्रशिक्षकहरूमा सुवर्ण श्रेष्ठ, केशव रावत, रोशनी थापा लगायत रहनुभएको छ ।

Advertise with us