नेपाल पत्रकार महासंघ प्रदेश ५ प्रदेश मिडिया सम्मेलन घोषणापत्र २०७५

१.प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन,सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै योे सम्मेलन न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दछ ।
२.देश संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहसम्म सञ्चार सम्बन्धी कानुनहरु बनाउन जरुरी रहेकाले यथासक्य त्यस्ता आवश्यक कानूनहरु बनाउन सम्बन्धित सबै तहहरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ । त्यस्ता कानुनहरु बनाउदा सरोकारवालासंग पर्याप्त छलफल र परामर्श गर्न सम्मेलन माग गर्दछ ।
३.यो सम्मेलन प्रेस काउन्सील,सूचना विभाग,राष्ट्रिय सूचना आयोग,न्युनतम पारिश्रमिक निर्धारण समिति लगायत सञ्चार सम्बन्धी निकायहरुलाई विकेन्द्रीत गर्दै संघीय संरचनामा रुपान्तरण गर्न सम्मेलन माग गर्दछ ।
४. सरकार र नीजि क्षेत्रको साझेदारीमा गैर नाफामुखी सञ्चार माध्यम सञ्चालनको अभ्यास गर्न स्थानीय तहहरुलाई सम्मेलन अनुरोध गर्दछ ।
५. प्रेसको भूमिका बढाउंदै पत्रकारहरुको क्षमता बृद्धिका लागि प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न सम्मेलन आग्रह गर्दछ । साथै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षासंगै उनीहरुका लागि सञ्चार उपकरण खरिदमा सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि स्थानीय तहहरुलाई सम्मेलन आग्रह गर्दछ ।
६.स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपील गर्दै यो सममेलन समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।
७.सरकारी समाचार एजेन्सी तथा सञ्चार माध्यमहरुलाई प्रादेशिक सेवा शुरु गर्न सममेलन आग्रह गर्दछ ।
८. पत्रकार आचारसंहितामा संवेदनशील हुन सबै सञ्चारकर्मीहरुलाई स्मरण गराउंदै यो सम्मेलन बाल संवेदनशील पत्रकारितामा जोड दिन्छ । त्यस्तै वातावरण पत्रकारितालाई पनि संबोधन गर्दै यस प्रदेशको वातावरण संरक्षणमा जोड दिन सरोकारवाला सबैलाई आग्रह गर्दछ ।
९.पत्रकार तथा शहीद कृष्ण सेन इच्छुकको सम्मान र सम्झनामा उहांको गृह स्थल क्षेत्रमा उहांको नाममा सञ्चार संग्रहालय तथा सञ्चार पार्क स्थापना गर्न सम्मेलन माग गर्दछ ।
१०. यो सम्मेलन भब्यरुपमा सम्पन्न गर्न सहयोग र योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ । साथै यो सम्मलेलनको न्यानो आतीथ्यताका लागि नेपाल पत्रकार महासंघ अर्घाखांची शाखालाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

संयोजक ः दीपक ज्ञवाली
सदहस्यहरु ः भेषराज पाण्डे
सुदिप गौतम
शुशिल पोखरेल
ठाकुर सिंह थारु
भगवान भण्डारी
महेश न्यौपाने
गीता पौडेल
महावीर राना
हिम बहादुर लेकाली

Blog Post Ad
Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *