लकडाउन कडा बनाउँदै दाङ प्रहरी

शरद रेग्मी
दाङ, १० जेठ । सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन दाङका सबै बजार कलकारखाना र यातायात ठप्प रहेका छन् । नागरिकहरु घरमै बसेर सुरक्षित भएको महसुस गरिरहेका छन् भने केहि अटेरी गरेर घर बाहिर निस्केका छन् ।


DG Mobile Dang
अटेरी गरेर सडकमा हिडिरहेका नागरिकहरुलाई प्रहरीले सम्झाउदै घर फर्काउदै गरेको छ । अति आबश्यक काम बाहेक बजारमा हिडडुल गर्न निस्किएका करिव तीन सय मोटरसाईकल समेत दाङ प्रहरीले नियन्त्ररणमा लिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले चौक चौकमा हिडडुल गरिरहेकालाई सम्झाउदै घरबाहिर ननिस्किन अपिल गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक हरिहर योगी र जिल्ला ट्राफिक प्रमुख प्रेमप्रसाद रेग्मी सहितको टोली दिनभर सर्बसाधारणहरुलाई घर बाहिर ननिस्किन भन्दै खबरदारी गर्नुभयो । जिल्ला प्रसासन कार्यालय दाङले अति आबश्यक बाहेक किन मेल गर्नुपरेमा बिहान ६ देखि ९ बजेको समय निर्धारण गरेको छ । लकडाउन उल्लङ्घन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयासम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।