दाङमा दुईजना माथि खुकुरी प्रहार : एक जना गम्भिर

दाङ, १० जेठ । दाङमा शुक्रबार राति १५/२० जनाको समूहले खुकुरी प्रहार गर्दा घाईते भएका एकजनाको कोहलपुरमा उपचार भइरहेको छ, भने अर्का एक जना डिस्चार्ज भएका छन् । शुक्रबार राती ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.१० ठुटीमा भएको उक्त घटनामा गम्भीर घाईते भएका सोही ठाउँका ४५ बर्षीय पूर्ण बहादुर पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको हो ।

उनलाई शुक्रबार राति पौने १२ बजेतिर कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइते पुनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था अहिले सुधारउन्मुख भएको बताइएको छ । त्यस्तै अर्का घाईते बर्दिया घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ११ बस्ने वर्ष २२ बर्षीय महेन्द्र चन्दको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

DG Mobile Dang

तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुरीका ललित मल्ल ठकुरी लगायत १५/२० जनाको समुहले पुनको घर घेराउ गरी ढुंगा मुडा र खुकुरी समेत प्रहार गरेका थिए ।