जनप्रतिनिधिमा पनि कोरोना संक्रमणको पुष्टी

दाङ, १० जेठ । नेपालमा जनप्रतिनिधिमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । उहाँ राहत वितरणलगायतका काममा सक्रिय रहनुभएको थियो । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुने बताउनुभयो ।

उहाँको घरमा श्रीमान र छोराछोरी छन् । उहाँ मुटुको बिरामी रहनुभएको छ । त्यसैले उहाँले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी गर्नुभएको थियो । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उहाँ अस्पताल जान तयार हुनुभएको छ ।

DG Mobile Dang

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।नयाँ संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी सूचनामा उल्लेख छ।

यीसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय ४८ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।