बाटो निर्माण गर्ने क्रममा पाईपलाईनमा क्षति, केहिदिन भित्रै मर्मत हुने

बिजौरी, १० जेठ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी दोघरे–बाँसगडी सडक बाटो निर्माण गर्ने क्रममा खानेपानीका पाइपमा क्षति पुगेको छ ।

खानेपानीमा पाइपमा क्षतिपुगेपछि करिब २ सय घरधुरीमा खानेपानी अवरुद्ध भएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो ।

उहाँले सडक निर्माण गर्ने क्रममा क्षति पुगेको पाइपलाइन मर्मत गर्ने काम भइरहेको बताउनुभयो । पाइप मर्मतको काम भइरहेकाले करिब ५ दिनभित्र सहज हुने उहाँको भनाई छ ।

DG Mobile Dang

पाइपाईनमा क्षति पुगेकाले पानीको आपुर्ति गर्न नसकिएको बताउँदै उहाँले जतिसक्दो छिटो पाइपलाइन जोडेर खानेपानीको सहज आपुर्ति गराउने बताउनु्भयो ।