प्रेस बलियो भएन भने लोकतन्त्र बलियो हुदैन ः मुख्य मन्त्री पोखरेल

रीता लामा

Buddha International Hospital

प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोखरेलले प्रेस बलियो नभए लोकतन्त्र पनि बलियो नहुने बताएका छन । लोकतन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै मिडिया विना लोकतन्त्रको धरापमा पर्ने धारणा राखे । ‘लोकतन्त्र सुरक्षित गर्न नसके मिडिया पनि अपांगत जस्तै बन्छ ।’ उनले भने ‘लोकतन्त्रलाई बलियो बनाउने सवालमा महासंघले वहस विषयमा प्रवेश गर्न सकेकै छैन ।’

Advertise with us
पत्रकार महासंघ प्रदेश नम्वर पाँचले दाङ, अर्घाखाची र प्युठानको सिमा क्षेत्रमा पर्ने सित गंगानगरपालिका वडा नम्वर ८ सातमारामा आयोजना गरेको दुइ दिने प्रादेशिक संचार सम्मेलनको उत्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले अव पत्रकार महासंघले स्वतन्त्र पत्रकारीताको पक्षमा व्यापक बहस चलाउनुपर्ने भन्दै गलत नियतले मिडियामा लगानी गर्नेलाई रोक्न पहल गर्नुपर्ने बताए । लगानीकर्ताको नियतका साथ नभई मुद्दा र विषयवस्तुको आधारमा मिडियामा समाचार र सुचना आउनुपर्ने धारणा राखे ।


‘एउटा पत्रकारले सम्पादकको दवाव विना समाचार लेख्न र एउटा सम्पादकले लगानी कर्ताको प्रभाव विना सम्पादक लेख्ने हैसियत राख्छकी राख्दैन ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ‘संचार क्षेत्रलाई लगानीकर्ताको प्रभावबाट मुक्त गराउन सके पत्रकार महासंघको गरिमा बढेर जाने बताए । उनले पछिल्लो समय विज्ञापनसँग समाचार साटिन थालेको प्रति चिन्ता व्यक्त गरे ।
समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्दै मन्त्री पोखरेलले अव प्रदेशले कृषिबाट विकासको प्रक्रिया सुरु गर्ने बताए । उनले प्रदेश पाँचको समृद्धि भनेकै कृषि र पर्यटनबाट हुने भन्दै अव आफुहरु विकासको ढोको खोलि सकेको धारणा राखे । उनले बहु संख्ययक जनसंख्या भएको कृषिलाई नै प्राथमिकतामा राखेर काम सुरु गरेको बताए ।


प्रदेशमा देखिएको कर्मचारी समस्याको विषयमा बोल्दै मुख्यमन्त्री पोखरेलले आफुहरुलाई २७ सय कर्मचारीको आवश्यकता भएको र अहिलेसम्म जम्मा एक हजार कर्मचारी पाएको भन्दै त्यती नै कर्मचारीहरुबाट भए पनि काम सुरु गरिसकेको बताए । साथै उनले आफुहरुले प्रदेशको सवै संरचनालाई स्थापित गर्न सफल भैसकेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देशको परिवर्तनको हरेक आन्दोलनमा पत्रकार मंहासंघले अहम भुमिका खेलेको भन्दै राष्ट्रियताको पक्षमा महासंघको पहिलो प्राथमिकता रहने बताए । उनले राजतन्त्र अन्त्य, संविधान निर्माणमा पनि मिडियाको भुमिका रहेको हुदाँ अव संविधान कार्यान्वयन र विकासको पक्षमा पनि सधै रहने बताए ।
कार्यक्रम पत्रकार महासंघका केन्द्रियद उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव उदय जिएम, प्रेश काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्मा लगायतको सभागिता रहेको थियो ।
कार्यक्रममा संधिखर्क नगरपालिकाका प्रमुख कमल घिमिरे, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य सुर्य थापा, प्रदेश सांसद इन्द्रजित थारु लगायतले पछिल्लो समय संचार क्षेत्रमा विचलन देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रम प्रदेश नम्वर पाँचका १२ जिल्लाका करिव तीन दर्जन बढी पत्रकारको सहभागिता रहेको छ । दुइ दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक संरचनामा मिडियाको, सामुदायिक रेडियो अवस्था लगायतका समग्र पत्रकार र पत्रकारीता क्षेत्रको विषयमा छलफल हुने बताइएको छ ।


यसैबीच पत्रकार महासंघ प्रदेश पाँचले सहिद कृष्णशेनको घर छेउमा कार्यत्रम गरेको छ । पत्रकार महासंघले महान सहिद पत्रकार इच्छुकलाई सम्झदै उहाँ कै घर छेउको बारीमा महासंघको उत्घाटन कार्यक्रम गरेको थियो । उत्घाटन कार्यक्रममा मुख्य मन्त्री शंखर पोखरेलले इच्छुकको सम्मानमा प्रदेश सरकारले पाल्पा देखि रुकुम जोड्ने कृष्णशेन मार्ग बनाउने जानकारी दिए । साथै उनले इच्छुक बसेको भुमिका पत्रकार महासंघको अगुवाइमा मिडिया संग्राहलय स्थापनाको लागि छलफल चलाउने विषयमा सकारात्मक रहेको धारणा राखे ।

Advertise with us