मुटु रोगीले के खाने – के नखाने ?

– धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक अल्कोहल र धुम्रपानले रक्तसञ्चारमा समस्या ल्याउनुका साथै हृदयघात गराउने सम्भावना उच्च रहन्छ ।

– नरिवल, काजु, बदाम, ओखर जस्ता तेलीय फल अत्यधिक मात्रामा सेवन गर्नुहुँदैन । यी फल नदेखिने चिल्ले पदार्थको श्रोत हुन् ।

– खानामा ठोस खानेकुरा धेरै सामेल गर्नुहुँदैन । दाल, तरकारीको झोल, उसिनेको साग सब्जी लगाएत सेवन गर्न सकिन्छ ।

DG Mobile Dang

– नुनको प्रायोग सकेसम्म कम गर्नु राम्रो हुन्छ । त्यसैले बजारमा पाइने ड्राइफुड सेवन गर्नु हुँदैन ।

– बढी चिल्लो र अस्वस्थ्यकर खानाले कोलेस्ट्रोल, मोटोपना र मधुमेहको सम्भावना बढाउँछ । यस्तो खाद्यान्न सेवनले मुटुको धमनीमा बोसो जम्ने र पछि गएर मुटुको धमनीनै शतप्रतिशत बन्द हुने जोखिम रहन्छ ।

– मुटुरोगीले स्वस्थ्यकर रहन सागपात, फलफूल, चिल्लो र बोसोरहित खानेकुरासेवन गर्नुपर्छ ।

– मासु खाँदा उसिनेर खानुपर्छ ।