४१ थान सालको काठ सहित व्यक्ति पक्राउ

दाङ, जेठ ९ । बन गस्ती टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय दाङ र दङिगशरण सव डिभिजन वन कार्यालयबाट गएको संयुक्त बन गस्तिले विभिन्न नाप साईजको सालको चिरान काठ ४१ थान सहित सो घटनामा सलग्न रहेको आशन्कामा शाान्तीनगर गाउपालिका वडा नं १ बाट सोही ठाउका ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसिले जानकारी दिनुभयो ।

बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन बन कार्यालय दाङमा ल्याईएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दङिशरण सब डिभिजन बन कार्यालयका प्रमुख सहायक बन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो । बराबर गरिएको काठ करिव ५० क्यू फिट छ । त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समिति सँग पनि आवश्य जाँचबुझ भईरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कारबाही गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

DG Mobile Dang

लकडाउनको दुई महिनाको अबधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ । काठ तस्करी र बन्यजन्तु चोरी सिकारी सम्लग्न रहेको अभियोगमा दुई दर्जन बढिलाई कारबाहीको प्रक्रियामा रहेको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।