घोराहीका संक्रमित व्यक्तिसँगै आएका आठ जनाको स्वाव संकलन भएन

दाङ, जेठ ९ । घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुषसँगै आएका ८ जना ब्यक्तिहरुको स्वाव परिक्षण हुन सकेको छैन । जेठ ३ गते भारतबाट कृष्णनगर हुँदै घोराही आएका ८ जना ब्यक्तिहरुको स्वाव संकलन र परिक्षणमा ढिलाईएको उनीहरुले बताएका छन् ।

घोराही ३ का ३७ वर्षीया पुरुषलाई कोरोना संक्रमण पुष्टि भए पछि उनीहरुसँगै आएका अन्य ब्यक्तिहरु त्रसित बनेका छन् । घोराही उपमहानगरपालिका ४ का विभिन्न गाउँका भारतबाट आएका उनीहरु अहिले मावि डाँडागाउँ गोग्लीमा बस्दै आएका छन् ।

Blog Post Ad

क्वारेन्टाईनमा बसेको ६ दिन भैसक्दा समेत उनिहरुको स्वाव परिक्षण हुन नसकेको उनीहरुले बताए । ‘एउटै वसमा आएका मध्य एक जनामा देखिएपछि हामीलाई डर लागिरहेको छ, तर अहिलेसम्म हाम्रो बारेमा जाँचबुझ गर्न कोही आएको छैन ।’ क्वारेन्टाईनमा बसेका एक ब्यक्तिले भने, ‘छिटो भन्दा छिटो हाम्रो स्वास संकलन गरेर परिक्षण गरे हुने थियो ।’

Blog Post Ad

यता घोराही उपमहानगरपालिका स्वास्थ्य महाशाखाले स्वाव संकलनका लागि आवस्यक पर्ने भिटिएम नभएका कारण आज स्वाव संकलन गर्न नसकिएको र शनिबार काम हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *