दुई महिनाको तलव विद्यालयलाई सहयोग

दाङ,११ माघ । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले दाङको विकासका लागि आफु प्रतिबद्ध रहेको बताएका छन । दाङ तुलसीपुर ८ अश्वारा माविमा जारी शैक्षिक तथा धार्मिक महोत्सव लाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आज अश्वारा माध्यमिक विद्यालयलाई दुई महिनाको तलव समेत दान गरेका छन ।

Buddha International Hospital

Advertise with us

दुई महिनामा हुन आउने १ लाख १० हजार ४ सय रुपैया दान गर्दै विद्यालयलाई ब्यवस्थित गर्न आफु प्रतिबद्ध रहेको बताएका  छन । सांसद केसीले हिजो चुनावमा जनता सामु गरेका प्रतिबद्धता पुरा गर्ने बताएका छन ।

आफु निर्वाचित भए पश्चात आफ्नो तलव भत्ता विकासमा खर्चिने बताएका सांसद केसीले पश्चिमको शिवसुन्दरपुर विद्यालयलाई एक महिनाको तलव भत्ता सहयोग गरेको समेत बताएका छन । यस्तै,तुलसीपुर १५ मा शहिद पार्क निर्माणका लागि गर्न एक महिनाको तलव भत्ता सहयोग गर्ने उनले जानकारी दिएका छन ।

यसैविच महोत्सवमा शुक्रवार ७ लाख ९२ हजार रुपैया दान संकलन भएको आयोजकले बताएको छ । शुक्रवार अश्वारा निवासि टेकनाथ योगीले ५३ हजार ५ सय ५५,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाहले ५१ हजार १ सय ५१ ,सृजना टोल विकास संस्थाले ५१ हजार ५ रुपैया दान गरेको जनाइर्एको छ । शुक्रवार समापन हुने भनिएको शैक्षिक महोत्सवको शनिवार समापन हुने आयोजकले जानकारी दिएको छ ।

Advertise with us