कृषि मन्त्रीले गरे कुखुरा महोत्सवको उत्घाटन

 

Buddha International Hospital

रीता लामा

Advertise with us

घोराही, माघ । पशुपंक्षि तथा कृषि मन्त्री चक्रपाणी खनालले घोराहीमा जारी प्रदेश स्तरिय कुखुरा महोत्सवको उत्घाटन गरेका छन ।
सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिती दाङको आयोजनामा विहिवार देखि घोराहीमा सुरु भएको महोत्सवको उत्घाटन गर्दै मन्त्री खनालले दाङ जिल्ला पोल्टी क्षेत्रमा अगाडी रहेको बताए । उनले कुखुरा, चल्ला, दाना र अण्डा उत्पादनमा दाङले फड्को मार्न थालेको भन्दै खुसी व्यक्त गरे । मन्त्री खनालले कृषि क्षेत्रमा अव सरकारले योजना वद्ध ढङ्गले अगाडी बढ्ने बताए । उनले किसानहरुको सयौ समस्या भएको र आगामी दिनलाई त्यसलाई समाधानको लागि आफुहरुले प्रयास गरेका थिए ।
कार्यक्रममा ने कपाका सचेतक शान्ता चौधरी, प्रदेश सभा सदस्य दामा शर्मा, घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नागरीक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका शसिल पोख्रेल, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा हास्य कलाकार कमल गाऊले, लोक गायक नविन पौडेल, गायक खडग शर्मा लगाएतकाले आ आफनो प्रस्तुती राखेका थिए ।


५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्री महोत्सव मुल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरी, प्रदेश सभा सदस्य दामा शर्मा, घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नागरीक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका शसिल पोख्रेल, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे लगायतका बक्ताहरुले पोल्टी व्यवसायको प्रवद्र्धन गर्न सके स्वदेशमै रोगजारीका अवसरहरु सिर्जन ागर्न सकिने बताएका थिए । कार्यक्रममा हास्य कलाकार कमल गाऊले, लोक गायक नविन पौडेल, गायक खडग शर्मा लगाएतकाले आ आफनो प्रस्तुती राखेका थिए ।


सुरक्षित कुखरा तथा दाना व्यवसायी समितिका दाङका उपाध्यक्ष तथा ५ नं. प्रदेशस्तरिय प्रथम पोल्टी महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव चन्दन भण्डारीले गरेका थिए । २० गतेसम्म सञ्चालन हुने ५ नं. प्रदेशस्तरिय प्रथम पोल्टी महोत्सव एव प्रदर्शनीमा पोल्ट्री सम्वन्धी विभिन्न स्टलहरु राखिएका छन ।