मन्त्रीले सुने कृषिको समस्या

रीता लामा


घोराही, नेपाल सरकारका कृषि मन्त्रि चक्रपाणी खनाललाई दाङका व्यवसायीहरुले किसानका समस्या सुनाएका छन ।

Advertise with us
उद्योग बाणिज्य संघले विहिवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा यहाँका व्यवासायीहरुहरुले सुखि नेपाली र समृद्ध नेपालको नारा पुरा गर्नको लागि सबै भन्दा पहिले किसानका समस्या समाधान हुनुपर्ने धारणा राखे । कृषि मन्त्रीसँग आफ्नो कुरा राख्दै उद्योग बणिज्य संघका प्रदेश उपाध्यक्ष हेमराज बन्जाडेले कृषि उपज राख्नको लागि प्रयोग हुने चिस्यान केन्द्रका मेसिन नेपाल भित्रयाउदा भन्सारमा दोहोरो, तेहेरो कर लगाउदा मेसिनको मुल्य बढ्न जाने र अन्तमा किसानहरुलाई नै तरकारी फलफुल राख्दा महंगो पर्न गएको भन्दै कृषिसँग जोडिएको उपकरण नेपाल भित्रयाउदा करमा मिनाहा गर्न आग्रह गरे । उनले भने ‘बरु भारतबाट आउने तरकारी फलफुलमा कर लगाउनुपर्छ । जसले गर्दा यहाँका किसानले उत्पादन गरेको कृषि उत्पादनले मुल्य पाउछ ।’
यस्तै कुखुरा व्यवसायी समिती दाङका अध्यक्ष निमबहादुर बुढाथोकीले आफुहरुले उत्पादन गर्ने चल्ला निर्यातमा ट्राफिकले अनावश्यक दुःख दिने, लामो समयसम्म बाटोमा रोकिदिने गर्दा किसानहरुसम्म चल्ला ढिलो पुग्ने र २४ घण्टामा पुग्नुपर्ने चल्ला ७२ घण्टासम्म नपुग्दा अन्तमा किसानहरु नै मारमा पर्ने गरेको बताए । उनले भने ‘ढिलो पुगेको चल्ला मर्ने, चाडो नबढ्ने गर्दा किसानलाई घाटा लाग्छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँमा चल्ला निर्यातलाई अनावश्यक रोकतोक गर्ने कार्य अन्त हुनुप¥यो ।’
यस्तै कार्यक्रममा वडा नम्वर १४ का वडा अध्यक्ष शक्तिराम डागीले बास्तविक सिप, क्षमता भएका कृषकले भन्दा कागजमा निवेदन मिलाउन जान्ने र पहुच भएकाले मात्रै अनुदान, सहुलिएत, छुट जस्ता सुविधा पाउदा बास्तविक किसानसम्म नेपाल सरकारको बजेट पुग्न नसकेको बताए । घोराहीमा स्थापना गरिएको प्रदेश स्तरिय मत्स्य तथा पशु विज्ञ केन्द्रका प्रमुद डा. बेदबहादुर केसीले पनि दाङमा कृषिको प्रचुर सम्भावना रहेको र यहाँका किसानले उत्पादनलाई जोड दिए पनि एउटा गतिलो प्रयोगशाला नहुदा पशु तथा कृषि बालिमा देखिने रोग समयमा निदान हुन नसकेको हुदाँ प्रयोगशाला स्थापनाको लागि पहल गरिदिन कृषि मन्त्री खनाललाई आग्रह गरे ।
कृषि मन्त्रीसँगको भेटघाटमा अन्य व्यवसायीहरुलाई पनि सिचाइको समस्याको कारण कृषिलाई व्यापक बनाउन र व्यवसायिकरण तर्फ जोड्न समस्या भएको गुनासो गरेको थिए । साथै पछिल्लो समय गाउँका कुनाकुनामा पनि जमिन टुक्रापारेर बेच्ने परिपाटी बृद्धि हुदाँ कृषि योग्य जमिन ध्वस्त हुन पुगेको गुनासो गरेका थिए । यस्तै कार्यक्रममा व्यवसायी श्रीधर पोखेरले, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेकपाका नेता निर्मल आचार्य लगायतले कृषिको विषयमा धारणा राखेका थिए ।

Buddha International Hospital


सहभागिहरुको जवाफ दिदै नेपाल सरकारका कृषि मन्त्री खनालले अन्य जिल्लाको तुलनामा दाङले फड्को मारेको भन्दै यसलाई अझै विस्तारको लागि आफुहरुले प्रयास थाल्ने बताए । दाङको समथर भुभागलाई कृषि उत्पादनको उद्गम स्थल बनाउनको लागि प्युठान जिल्ला भएर बग्ने माडीको पानीलाई डाइभर्सन गरि दाङ ल्याउने र सिचाइ विस्तार गर्ने योजना बनिरहेको बताए । ‘अव युवालाई रोजगार दिन र देशलाई आत्मनिर्भर बनाउन कृषिमा बजेट बढाउनै पर्ने भएको छ । विना बजेट काम हुदैन ।’ उनले भने ‘नेपालमा अहिले धेरै समस्या छ र सम्भावना पनि उत्तिकै प्रचुर छ ।’ मन्त्री खनालले विशेष गरि कृषिलाई प्राथमिकता दिन सके, पर्यटनमा रोजगार विस्तार गर्न सके र उर्जा उत्पादन बढाउने सके नेपालमा आयात होइन निर्यात मुखि अर्थतन्त्र बन्ने बताए ।

उनले अवको पाँच बर्ष भित्र उत्पादन दोब्बर बृद्धि गर्ने र १० बर्ष भित्र निर्यातको अवस्थामा पुग्ने योजनाकाहरु ल्याउन लागेको बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका नेता तथा नागरिक समाज, संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

Advertise with us