कृषिमा आधुनिकिरण आवश्यक ः सांसद वली

दिप्तीशिखा चौधरी
दङ्गीशरण १० माघ । प्रदेश न. ५ का सांसद उत्तर कुमार वलीले किसानहरु परिवर्तन र संमृद्ध नहुदासम्म देशको विकास नहुने बताएका छन् । कृषिको रुपान्तरणसँगै देशको अर्थनीति सुदृढिने हुदाँ कृषिमा आधुनिकिरण सहितको रुपान्तरण आवश्यक रहेको बताए ।
दङ्गीशरण गाउँपालिकामा बिहीबार आयोजना गरेको कृषि प्राविधीक तथा उपकरण सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रममा सांसद वलीले यस्तो बताएका हन् । प्रदेश ख भित्रका गाउँहरुलाई स्मार्ट गाउँ बनाउने नीति प्रदेश सरकारले बनाएको भन्दै कृषि स्मार्ट गाउँ बनाउँन किसानहरुले एक बाली हुने जग्गामा चार बाली हुने गरि उत्पादन गरी बजारीकरण गरेर आर्थिक रुपमा बलियो हुनुपर्ने बताए ।

Advertise with us
उनले भने —“प्रत्यक वडामा पोखरी निर्माण गरेर सिंिचत गराउने गरि प्रदेशबाट बजेट बिनियोजन गरिएको छ । वडा वडामा सरकार आईसकेकाले कृषकलाई कति प्रतिशत अनुदान दिएको भन्ने बिषयमा कृृषकहरु जानकार हुनुपर्छ । यसको साथै कृषकहरु स्वयम अनुदानका सम्बन्धमा राज्य संग समन्वय गर्नुपर्छ ।”
कार्यक्रममा सामाजिक विष्लेशक हरिहर न्यौपाने र कृषि पत्रकार गोविन्द शर्माले नेपालको वर्तमान कृषिको अवस्था, सम्भावना र विकल्प, नेपालको संविधान कृषि, कृषि र भूमिसुधार सम्बन्धि निती, सिचाइ लगायतको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा तुल्सीपूर उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तीनगर गाउँपालिका र दङ्गीशरण गाउँपालिकाका एक सय भन्दा बढि कृषकहरुको सहभागीता रहेको थियो । पालिकाकाका उपाध्यक्ष पिमा कुमारी खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण कार्यक्रम संयोजक किरण पोख्रेललले गरेका थिए ।

Buddha International Hospital
Advertise with us