शिखर ईन्स्योरेन्सको कोरोना भाईरस विमा

दाङ, जेठ ४ । शिखर इन्स्योरेन्स १ करोड रुपैँया भन्दा बढीको कोरोना भाइरस विरुद्ध बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी हो । कम्पनीले दाङमा पनि काम सुरु गरेको छ । देश कोरोना भाईरसको उच्च जोखिममा छ भने लकडाउन दुई महिना पुग्न थालेको छ । यस्तो अवस्थामा शिखर ईन्स्योरेन्स दाङले नमुना स्याटालाईट सर्भिस प्रालीका कर्मचारीहरुको विमा गरेको छ ।

Buddha International Hospital

Advertise with us

कम्पनीका १० जना कर्मचारीहरुको एक लाख रुपैयाको दरले कोरोना भाईरस विरुद्ध विमा गरिएको कम्पनीका शाखा प्रमुख रविकिरण केसीले जानकारी दिनुभयो । जीवनलाई सुरक्षित राख्नका लागि विमा महत्वपुर्ण रहेको भन्दै केसीले अहिलेको अवस्थामा कोरोना भाईरसको विमा गर्न सकिने समेत जानकारी दिनुभयो । यहि जेष्ठ २ गतेसम्म शिखर इन्स्योरन्सले करिब १,८०० कोरोेना भाइरस बीमालेख जारी गरी रु.१ करोड १० लाख भन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गरेको थियो ।

शिखर इन्योरेन्सबाट हालसम्म बीस हजार बढी व्यक्तिले कोरोनाभाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ । डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ ।

जेष्ठ २ सम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको कम्पनीले जनाएको छ । नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिने र हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएको कम्पनीले जनाएको छ ।

Advertise with us