सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना परिक्षण गरियोस : सभापती पाण्डेय

टेकबहादुर पुन

दाङ,४ जेठ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय शभापति भेषराज पाण्डेयले देउखुरी क्षेत्रका संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई पनि कोरोना भाईरसको परिक्षण गरिनुपर्ने बताएका छन् । दाङ जिल्लामा केहि दिन अघि नेपाल पत्रकार महासंघको समन्वयमा २५ जना संचारकर्मीको कोरोना भाईरसको परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सुखद पक्ष भएपनि उक्त परिक्षणलाई निरन्तरता दिन पाण्डेयले आग्रह गरेका हुन् ।

Buddha International Hospital

Advertise with us

देउखुरी क्षेत्र संगै दाङका अन्य क्षेत्रका संचारकर्मीका साथै कोरोनाको जोखिमका बाबजुद अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित अत्याबश्यक सेवा प्रदान गर्नेहरुको पनि कोरोना परिक्षण गर्न आबश्यक छ पाण्डेयले भने ।

भर्खरै दाङको गढवा गाउंपालिका भित्र दुई जनामा कोरोना भाईरस सक्रमणको पुष्टी भएको भएपनि यसबाट कोही आत्ति हाल्नुपर्ने अबस्था छैन, सरकारले लागु गरेको लकडाउनको पुर्णपालना संगै आफ्नो गाउं घरमा परदेशबाट आएका मान्छे भए निसंकोच क्वारेन्टाईनमा गएर बस्न र क्वारेन्टाईनमा जानका लागी स्थानिय पालिकालाई जानकारी गराउन पनि उनले सबैमा अनुरोध गरे ।

सिमानाका र मुख्य राजमार्गका कारण अन्य क्षेत्रभन्दा देउखुरी क्षेत्र थप सम्बेदनशिल रहेको छ ,,त्यसैले नागरिकको राहात उद्धार र सुचना सम्प्रेषनमा खट्नुहुने पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समयमै कोरोना भाईरसको परिक्षण गराउन उनले स्थानिय सरकारलाई आग्रह गरेका छन् । टेलिफोन सम्बाद मार्फत क्षेत्रिय शभापति पान्डेयले यस्तो आग्रह गरेका हुन् ।

Advertise with us