दाङमा पहिलोपटक रेडियोबाट अध्यापन सुरु

तुलसीपुर, ४ जेठ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले दाङमै पहिलोपटक रेडियोबाट पढाउन थालेको छ । विद्यालयले आज बिहान ११ बजेदेखि रेडियो हाम्रोपहुँच ८९ मेगाहर्जबाट पढाउन सुरु गर्दैछ ।

बन्दाबन्दीका कारण विद्यार्थीहरु विद्यालय आउन नसकिरहेको बेलामा रेडियोबाटै पढाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो । विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म पालैपालो रेडियोबाट अध्यापन गराउने उहाँले बताउनुभयो ।

Buddha International Hospital

रेडियोबाट दुरदराजका बस्तीका विद्यार्थीलाई पनि सहज हुने भएकाले विद्यालयले दाङमै पहिलो पटक अध्यापन गराउन सुरु गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । उहाँले सबै विद्यार्थीले रेडियो सुनेरै अध्ययन गर्न सक्ने बताउनुभयो ।

Advertise with us

उहाँले कतिपय विद्यालयले अनलाईन अध्यापन गरेपनि शुल्क लिने गरेको बताउँदै हाम्रो पहुँच सेकेन्डरी विद्यालयको निति त्यस्तो नभएको बताउनुभयो । जुनकुनै अभिभावकले रेडियोबाट पनि आफ्ना बालबालिकालाई अध्ययनमा जोड्न सक्ने भएका छ ।

बन्दीको समयमा पनि बालबालिकालाई सिर्जनात्मक बनाउनु आवश्यक रहेको बताउँदै प्रधानाध्यापक भण्डारीले रेडियो कक्षाबाट लाभ लिन आग्रह गर्नुभयो ।

Advertise with us