दाङका बंगुर व्यवसाय संकटमा

उत्पादन भएका पाठापाठीहरुको निकासी हुन नसक्दा मासिक लाखौँ घाटामा कृषकहरु

दाङ, जेठ ४ । कोरोना संक्रमणबाट जोखिन सरकारले लकडाउनको घोषणा गरेको ५३ औँ दिन वितिसकेको छ । यस्तो अवस्थामा व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् । सम्पुर्ण कारोबार ठप्प छ, व्यवसाय चौपट हुने अवस्थामा पुगेपछि व्यवसायीहरु चिन्तित छन् ।

Buddha International Hospital

तीन वर्ष अगाडी व्यवसायीक बंगुरपालन गर्दै आउनु भएका घोराही उपमहानगरपालिका वडा नं. ४ का सन्तबहादुर घर्ति अहिले समस्यामा हुनुहुन्छ । करिव दुई महिना पुग्न थालेको लकडाउनले व्यवसायलाई नराम्रोसँग प्रभावित बनाएको छ । उत्पादन भएका बंगुरका पाठापाठीहरु निकासी गर्न नसक्दा मासिक लाखौँ रुपैँयाको नोक्सानी सहनु परेको उनीहरु बताउछन् ।

Advertise with us

घर्तिको विस्वास बंगुर फार्ममा तीस वटा भन्दा बढि ठुला माउ बंगुरहरु छन् । ६० वटा भन्दा बढि बंगुरका पाठापाठीहरु छन्, र १० वटा माउ ब्याहुने अवस्थामा छन् । ति पाठापाठीहरुलाई निकासी बन्द भएपछि अहिले आफुहरु समस्यामा परेको कृषक घर्तिले बताउनुभयो ।

घर्ति जस्तै जिल्लामा एक सय बढि व्यवसायीक बंगुरपालक कृषकहरु छन् । उनीहरुले उत्पादन गरेका बंगुरका पाठापाठीहरु अहिले निकासी गर्न नसक्दा कृषकहरु ठुलो समस्यामा छन् । घर्तिले मात्रै मासिक दुई लाख रुपैया घाटा सम्हाल्नु परेको बताउनुभयो । ‘सबैलाई थाहा छ, लकडाउनले सबैको व्यवसाय चौपट भएको छ, हामी बंगुरपालक कृषकहरु झन ठुलो समस्यामा छौँ ।’ घर्तिले भन्नुभयो, ‘निकासी गर्न सकिएन, फार्ममा पाल्न पनि नसक्ने अवस्था आयो ।’

एउटा बंगुरले बार्षिक दुई पटक पाठापाठीहरु दिन्छन् । एक पटकमा ८ लेखि १० वटा पाठापाठी उत्पादन हुने भएपछि घर्तिसँग मात्र केहि साताभित्र एक सय ५० बढि पाठापाठी हुनेछन् । त्यसलाई विक्रि गर्न पनि नसक्ने र पाल्न पनि नसक्ने भएपछि आफुहरु समस्यामा परेको उहाँले बताउनुभयो ।

दाङ जिल्ला बंगुर व्यवसायी संघका अध्यक्ष चित्रबहादुर पुनका अनुसार जिल्लामा एक सय पचास भन्दा बढि व्यवसायीहरु छन् । उनीहरुले ठुलो लगानीमा बंगुरपालन गर्दै आएका छन् । अध्यक्ष पुनसंग मात्रै ४५ वटा माउ बंगुरहरु छन् । त्यसबाट उत्पादन भएका पाठापाठीको निकासी गर्न नसक्दा माउलाई खुवाउने दाना किन्न समेत समस्या भएको उहाँले बताउनुभयो ।

देउखुरीको राप्ती गाउँपालिकामा रहेको पुनको व्यवसाय अहिले धरापमा परेको बताउनुभयो । ‘बंगुरलाई बचाउने दाना समेत निक्क सकिएको छैन, पाठापाठी विक्रि भए पो आम्दानी हुने हो, अहिले कारोबार ठप्प छ ।’ अध्यक्ष पुनले भन्नुभयो, ‘दाङ सहित काठमाण्डौ, पोखरा, झापासम्म दाङको उत्पादन जान्छ ।’ सानो लगानीमा गर्न सकिने र छोटो समयमा राम्रो आम्दानी गर्न सकिने बंगुर व्यवसाय यो बन्दले थला परेको छ । सरकारले कुखुरा तथा बाख्रापालन व्यवसाय भन्दा बंगुर व्यवसायमा दिने सेवा सुविधाहरु कम रहेको व्यवसायीहरु बताउछन् ।

गरिवी निवारण तथा आयआर्जनका लागि बंगुरपालन व्यवसाय अत्यन्तै प्रभावकारी मानिन्छ । त्यसकारण अब बंगुर व्यवसायीहरुले सरकारले बंगुरपालन व्यवसायका लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । एक परिवार एक बंगुरको कार्यक्रम लिएर पशुपालनलाई व्यवसायीक रुपमा दिन सके गरिवी निवारण हुने र रोजगारीको सिर्जना दाङ जिल्ल बंगुर व्यवसायी संघका सदस्य सन्तबहादुर घर्तिले बताउनुभयो ।

Advertise with us