कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपतिमा दाहसंस्कार

काठमाडौं- कोभिड -१९ बाट नेपालमा पहिलोपटक मृत्यु भएकी महिलाको पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो।

सिन्धुपाल्चोक बाह्रबिसेकी उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण नै भएको पुष्टि गरिसकेको छ।

Buddha International Hospital

मन्त्रालयले तयार पारेको ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार उनको दाहसंस्कार गरिएको हो।

Advertise with us

Advertise with us