सम्राट सिमेन्टमा कार्यरत स्वास्थ्यकर्मी सहित चारजनाको रिर्पोट नेगेटिभ

देउखुरी ३ जेठ । लमही नगरपालिका वडा नम्बर ७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनी प्रा.लीमा कार्यरत स्वास्थ्यकर्मी सहित चारजनाको पि.सि.आर रिर्पोट नेगेटिभ आएको छ । बैशाख २८ गते स्वास्थ्यकर्मी सहित चारजनालाई लमही ल्याएर लमहीको क्वारेनटाइनमा स्वाब संकलन गरि चेकजाँचको लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

Buddha International Hospital

उनिहरुको रिपोर्ट नेगेटिभ आएको लमही नगरपालिका स्वास्थ्य प्रमुख लोकराज पौडेले जानकारी दिनु भयो । त्यस्तै यहि जेष्ठ १ गते क्वारेनटाइनमा बसेका मध्ये दश जनाको स्वाब परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । अहिले लमहीको क्वारेनटाइनमा बिभिन्न ठाउँबाट आएका आठ जना मानिसहरु रहेका छन् ।

Advertise with us

Advertise with us