कोरोना संक्रमित संगै एम्बुलेन्समा आएका व्यक्ति कुइरेपानीको क्वारेन्टाईनमा

दाङ, ३ जेठ । दाङको गढवाका कोरोना भाईरस संक्रमित व्यक्तिहरु सगै एम्बुलेन्समा दाङ आएका घोराहीका एक जनाको पहिचान भएको छ । कृष्णनगरबाट गढवाको एम्बुलेन्समा चढेर आएका मध्य एक जनाको पहिचान भएको हो । घोराही उपमनागरपालिका वडा नं १२ का ति पुरुष व्यक्ति कालाकाटेमा झरेर ट्रक मार्फत घोराही पुगेका हुन् ।

Buddha International Hospital

उक्त एम्बुलेन्स कालाकाँटेबाटै गढवा जाने भएकाले उनी कालाकाटेमा ओर्लीएका थिए । कालाकाँटेमा रहेको प्रहरीले उनलाई खाद्यान्न लिएर आएको ट्रकमा चढाएर पठाएको र उनी घोराही उपमहानगरको कुइरेपानी स्थित क्वारेन्टाईनमा बसेका छन् ।

Advertise with us

उनको पिसिआर जाँच हुने तयारी भैरहेको छ । उनी भारतको हरियाणाबाट आएका थिए । गढवा गाउँपालिको क्वारेन्टाइनमा लगीएका चार जना मध्य दुई जनाको कोरोना पोजेटीभ रिपोर्ट आएपछी कालाकाटेमा झरेका व्यक्तिको खोजी भएको थियो ।

Advertise with us