दाङको बेलझुण्डीमा रहेका कोरोना संक्रमितमा लक्षण देखिएन

दाङ, ३ जेठ । दाङको बेलझुण्डिस्थित कोरोना बिषेश अस्पतालमा रहेका १३ जना संक्रमितमा कुनै लक्षण देखा नपरेको अस्पतालले जानकारी दिएकको छ । विश्व स्वास्थ्य संगठनको भनाई अनुसार संक्रमितमा उच्च ज्वरो, रुघाखोकी, स्वासप्रश्वासमा समस्या देखिनु पर्ने भएपनि कुनै समस्या नभएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनु भयो ।

Buddha International Hospital

उनीहरुलाई अस्पतालको आइसोलसेन वार्डमा निगरानीमा राखिएको छ । स्वाब परीक्षण गर्दा कोरोना पोजिटेभि देखिएपनि लक्षण नदेखिएकाले कुनै उपचार सुरु नगरेको सदस्य सचिव डा. शर्माले बताउनु भयो ।

Advertise with us

चिकित्सकको निगरानीमा बसेका उनीहरुलाई ४÷ ४ घन्टामा ज्वरो चेक गर्ने गरिएको छ । हिजो राति १२ बजेसम्म दाङका २, बाँकेका ८ र कपिलबस्तुका ३ जना गरी १३ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको छ ।

Advertise with us