प्रदेश ५ का सीमा नाकामा १६ सय नेपाली अलपत्र

घोराही, ३ जेठ। प्रदेश नम्बर ५ का भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली स्वदेश फर्किन पाउने प्रतीक्षामा रहेका छन् । यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको तथ्यांक हो ।

लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भए पनि यकीन तथ्यांक भने छैन । स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमा नाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य छन् ।

Buddha International Hospital

कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन छाडेका छन् । कैयौं नेपालीहरु बेखर्ची हुन थालेका र कतिपय विरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बृद्ध–बृद्धा, बालबालिका र सुत्केरी रहेको बताईएको छ ।

Advertise with us

नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको छ । सरकारले मुख्य नाकाबाट वैधानिक रुपले आफ्ना नागरिकलाई आउन नदिँदा खुला सीमाको फाइदा उठाउँदै कैयौं नेपालीहरु लुकिछिपी घर आउने गरेका छन् । जस्का कारण कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएको छ ।

Advertise with us