प्रशासनबाट जारी सवारी पास रद्ध

घोराही, ३ जेठ। दाङमा जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवारी पास आज देखी सबै रद्ध भएको छ । कोरोना संक्रमण फैलिदै गएपछि गृहमन्त्रालयले प्रशासनबाट जारी भएका सवारी पास र अन्तर जिल्ला प्रबेशको पासहरु रद्ध गर्ने निर्णय लिए पछि आज देखी ति पासहरु रद्ध भएका हुन् ।

Buddha International Hospital

प्रशासन कार्यालयबाट लकडाउन अबधीभर भनि लिईएका जुनसुकै सवारी पास आज देखी रद्ध भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।

Advertise with us

आज देखी आन्तरीक आवागमन र अन्तर जिल्ला प्रबेशमा प्रशासनले दिएको सवारी साधन सञ्चालन अनुमती पास रद्ध भएको उहाँको भनाई छ । तर अत्याबस्यक कामका लागि भने प्रशासनले पासको व्यवस्था गर्ने छ ।

प्रशासनले सकभर लकडाउनको अबस्थालाई आफु सुरक्षित हुने ढंगले बुझ्न अपिल समेत गरेको छ । पछिल्लो समय लकडाउन केही खुकुलो बन्दै गएपछि सवारीका साधनको चाप बढेको थियो ।

तर दाङमा पनि कोरोना संक्रमित देखिए पछि स्थानिय प्रहरी प्रशासन र स्थानिय तहहरुले लकडाउने पालना गर्न तर्फ सबै नागरिकहरुलाई अपिल गरेको छ ।

Advertise with us