थप २ जनामा कोरोना संक्रमण , नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

घोराही,  ३ जेठ । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट २ हजार ५७९ जनाको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

Advertise with us