तुलसीपुरका कोरोना संक्रमित व्यक्तिको खुल्यो पहिचान

जीतसागर जी.एम.

तुलसीपुर, ३ जेठ । तुलसीपुर–७ का कोरोना संक्रमित भनिएका व्यक्ति वडा नम्बर ४ का रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राणाले काठ्माण्डौमा भेटीएका कोरोना संक्रमित तुलसीपुर–४ रहेको खुल्न आएको जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

उहाँले सम्बन्धित बिरामीसंग आफुले कुराकानी गरेपछि संक्रमित व्यक्ति तुलसीपुर–४ कै पुष्टि भएको बताउनुभयो । ‘फोनमा कुराकानी भयो, मैले केहि चिन्ता नलिनुस्, अत्तिन हुँदैन्, सबै ठिक हुन्छ भनेर सम्झाए’–उहाँले भन्नुभया–े‘ बिरामी लिएर गएका ति व्यक्तिमा कहाँ संक्रमण भयो भन्न सकिने अवस्था छैन् ।’

फागुनको अन्तिम सातातिर भारतबाट आएका ति व्यक्ति शान्तिनगर गाउँपालिका–५ का बहिनी ज्वाँइको उपचारका लागि शिक्षण अस्पतालमा पुगेका थिए । ति संक्रमित व्यक्तिले ज्वाँईलाई चैत २५ गते कोहलपुरमा लिएर गएका थिए । त्यसपछि त्यहाँ उपचार सम्भव नभएपछि काठ्माण्डौ लिएर गएको उनले बताएको वडा अध्यक्ष रानाले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तीमा तुलसीपुर–७ ठेगाना भएका व्यक्ति कोरोना संक्रमण भएको लखेको थियो । उनि र अहिले संक्रमित व्यक्तिको नाम एउटै भएका कारण मन्त्रालयले ठेगाना गल्ती लेखेको हुन सक्ने उहाँले बताउनुभयो ।

दुवै जानको कोरोना परिक्षण भएको तर तुलसीपुर–७ का ति व्यक्तिको रिर्पोट नेगेटीभ आएको खुलेको छ । शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले केहि संचारमाध्यममा शान्तिनगरका व्यक्तिमा संक्रमण भएको आएको बताउँदै शान्तिनगर नभई तुलसीपुर–४ कै भएको बताउनुभयो ।

मन्त्रालयले खबर गरिसकेपछि आफुले खोजी गरेको शान्तिनगर–५ मा संक्रमित व्यक्तिको बहिनीको घर रहेको खुल्न आएको उहाँको भनाई छ । उहाँले पनि ति शान्तिनगरका व्यक्तिलाई उपचारका लागि काठ्माण्डौ लिएर गएको बताउनुभयो ।

Advertise with us