कोरोनाको जगजगी : शनिबार सुनसान घोराही

दाङ, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार तुलसीपुरका एक र गढवाका दुई गरी तीन जना कोरोना संक्रमित भएको पुष्टि ग¥यो । शुक्रबार नै कपिलबस्तु र बाँकेबाट कोरोना संक्रमितहरुलाई उपचारका लागि बेलझुण्डी ल्याईयो ।

शुक्रबार बेलुकी सामाजिक संजाल हेर्दा लाग्थ्यो सर्वसाधारणहरु आतंकिन बनेको । दाङ सुरक्षित नभएको भन्दै अनेक प्रकारका टिकाटिप्पणीहरु भए । त्यसको प्रभाव शनिबार विहानै देखिको लकडाउनमा पनि देखियो ।

Buddha International Hospital

जिल्लाका विभिन्न शहरमा विकास पुर्वाधारका कामहरु सुरु नभएका हैनन् । तर शनिबार विहानै देखि सडकमा पैदल हिड्नेहरु समेत देखिएका छैनन् । केहि दिन देखि घोराहीका सडकहरु चहलपहल हुने गरेको भए पनि शनिबार सुनसान छन् ।

Advertise with us

शुक्रबारसम्म सुरक्षित भनिएको दाङमा बेलुका एकाएक कोरोना संक्रमण भएको समाचार हावा जस्तै फैलिए पछि मानिसहरु त्रसित बनेका छन् । उनीहरु घरबाहिर निस्किएका छैनन् । जिल्लामा अत्याबस्यक सामाग्रीहरु बोक्ने सवारी साधन र केहि सरकारी गाडीहरु छिटफुट रुपमा सञ्चालन भएको पाईएको छ ।

Advertise with us