मेयरको स्टाटस झुट : को हुन् तुलसीपुर ७ का कोरोना संक्रमित ? खोजी हुँदै

तुलसीपुर, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार तुलसीपुर उपमहानगरपालिका ७ का एक ब्यक्ति कोरोना संक्रमित भएको पुष्टि ग¥यो । मन्त्रालयको यो पुष्टि संगै दाङमा हलचल मच्चियो । सर्वसाधारणहरु आतंकित बने ।

केहि बेरमा तुलसीपुर उपमहानगरपालिकाकै नगर प्रमुखले वडा नं. ७ का भनिएका कोरोना संक्रमित काठमाण्डौमै बस्ने गरेको भन्दै सामाजिक सञ्जालमा लेख्नुभयो । त्यसैले आधार बनाएर केहि सञ्चार माध्यमहरुले समाचारहरु समेत लेखे । तर अहिले त्यो विषय झुट सावित भएको छ ।

Buddha International Hospital

काठमाण्डौ टिचिङ अस्पतालमा कार्यरत भनिएका ब्यक्तिले आफु कोरोना संक्रमित नभएको बताएपछि मन्त्रालयले पुष्टि गरेको तुलसीपुर ७ का कोरोना संक्रमित ब्यक्ति को हुन् भन्ने बारेमा अन्यौलता उत्पन्न भएको छ ।

Advertise with us

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ति ३४ बर्षीय कोरोना संक्रमित व्यक्तिको पहिचान अझैं हुन सकेको छैन । तुलसीपुरका कोरोना संम्पर्क व्यक्ति विमल केसीले यसअघि संक्रमित भनिएका व्यक्तिले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको तथा आफु कोरोना संक्रमित नभएको जानकारी दिएपछि संक्रमित व्यक्ति को हुन् ? भन्ने बारेमा आफुहरुले खोजविन सुरु गरेको जानकारी दिनुभयो ।

ति कोरोना संक्रमित ब्यक्तिको खोजीका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।

Advertise with us