कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तु, जेठ ३ । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

Buddha International Hospital

शनिबार कपिलवस्तुमा थपिएका ३ संक्रमितसहित नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३६ जना निको भइसकेका छन्। आजै बिहान बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका थिए।

Advertise with us

Advertise with us