नेपालगन्ज नाकाबाट भित्र्याइयो पाँच सय नेपाली

दाङ, जेठ ३ । भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनु भयो ।

उहाका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ । जमुनाहा ल्याएपछि उनीहरुको नाम र ठेगाना सोध्दै आरडिटी गरेर सम्बन्धित जिल्लामा पठाउने कार्य भएको छ ।

Buddha International Hospital

स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ । त्यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ ।

Advertise with us

Advertise with us