जेठ ५ पछि लकडाउनको स्वरुप परिबर्तन गर्न सिफारीस

दाङ, जेठ ३ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिको बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो ।

Buddha International Hospital

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

Advertise with us

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।

Advertise with us