तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

दाङ, जेठ ३ । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक विवरणमा दाङ तुलसीपुर-७ का भनिएका कोरोना संक्रमित शिक्षण अस्पतालका कर्मचारी रहेको पाइएको छ। उनको स्थायी ठेगाना तुलसीपुर ७ भएपनि उनको कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको पाइएको हो।

Buddha International Hospital

शिक्षण अस्पतालमा कार्यरत उनलाई बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गरिएको छ। यसअघि अस्पतालमै उपचाररत एक ७ वर्षीया बालिकमा कोरोना संक्रमण भेटिएको थियो।

Advertise with us

ती बालिकामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका शिक्षण अस्पतालका कर्मचारीहरुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एकजनाको पोजेटिभ देखिएको हो। अस्पतालबाट ७० भन्दा बढीको नमूना लिइएको छ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि हाल त्यहाँ रहेका व्यक्ति नभइ काठमाडौंकै अस्पतालमा कार्यरत कर्मचारी रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयको गलत सूचनाबाट स्थानीय त्रसित भएपछि  मेयर पाण्डेले फेसबुक मार्फत् यस्तो सूचना सार्वजनिक गरेका हुन्।

Advertise with us