बेलझुण्डीमा दाङ, बाँके र कपिलवस्तुका १३ जना बिरामीको उपचार सुरु

दाङ, जेठ ३ । दाङको बेल्झुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ ।

दाङ, बाँके र कपिलवस्तु जिल्लाका १३ जना कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

Buddha International Hospital

उनका अनुसार बाँकेका ८ जना, दाङ गढवाका दुई जना र कपिलवस्तुका ३ जना गरी १३ जना संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार थालिएको हो ।

Advertise with us

दाङ जिल्लामा भेटिएका कोरोना संक्रिमत बिरामीको यात्रा विवरण संकलन सुरु गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

‘कन्ट्रयाक ट्रेसिङ्गको काम सुरु भएको छ । आज बिहान हामी बैठक पनि बस्दैछौँ । त्यहाँ पनि छलफल हुनेछ’उनले भने–‘संक्रिमतसँग जोडिएका सबैको विवरण संकलन गरेर उनीहरुको पनि कोरोना संक्रमण छ कि छैन भनेर जाँच गरिन्छ ।’

गढवा गाउँपालिका वडा नं। ४ र ५ का ३६ र २३ वर्ष उमेरका छन् । उनीहरु भारतको गोरखपुर र मुम्बईबाट फर्किएका व्यक्ति हुन् ।

Advertise with us