अझै सुरक्षित छ दाङ : दाङका कोरोना संक्रमितको यस्तो छ हिस्ट्री

दीपक जीएम

Buddha International Hospital

दाङ, २ जेठ । दाङका तीन जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङका तीनजनामा कोरोना पुष्टी भएपनि दाङ अझै सुरक्षित रहेको पाइएको छ । बाँकेबाट ८ जना कोरोना संक्रमित ल्याइएको र शुक्रबार नै ३ जना दाङका कोरोना संक्रमित पुष्टी भएपनी दाङ अझै सुरक्षित रहेकाले आमनागरिकहरुलाई त्रसित नहुन स्वास्थ्यकर्मी तथा जिल्लाका स्वास्थ्य अधिकारीहरुले बताएका छन |

Advertise with us

गढवामा संक्रमित केहिदिन अघिमात्रै भारतबाट आएको खुल्न आएको गढवा गाँउपालिकाका सुचना अधिकारी संजित पौडेलले बताउनुभयो ।उहाँका अनुसार कृष्णनगरबाट एम्बुलेन्स मार्फत सिधै क्वारेन्टाइनमा पु¥याइएका उनिहरुको स्वाव परिक्षण गरिएकोमा रिपोर्ट पोजेटीभ देखिएको हो । उनिहरु सिधै क्वारेन्टाइनमा गएको हुँदा समुदायस्तरमा ट्रान्समिसन हुन नपाएको उहाँले बताउनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ४, ५ का २ जना र तुलसीपुर–७ का एक जनामा संक्रमणको पुष्टि भएको छ ।

लकडाउन शुरु भएको झण्डै दुई महिनापछि दाङमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको हो । यस्तै तुलसीपुर–७ का ३४ वर्षिय पुरुष भनिएका उनि काठ्माण्डौमा रहेको खुल्न आएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका अनुसार उनि दुई हप्तादेखि काठ्माण्डौमा रहेको बुझिएको छ । काठ्माण्डौको एक हस्पिटलमा कार्यरत्त उनि पनि काठ्माण्डौमा रहेको हुँदा स्थानीय त्रसित हुनु नपर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर–७ भनिएपनि कुन टोलका हुन् त्यो भने उहाँले खुलाउन चाहनुभएन् । ‘सम्पूर्ण विवरण खुलाउन मिल्दैन्, जे होस् उनि काठ्माण्डौमा रहेको हुँदा समुदायस्तरमा ट्रान्समिसन भएको हुन सक्छ भनेर त्रसित हुनुपर्दैन् ’ उहाँले भन्नुभयो

Advertise with us