दाङका ३ जनामा कोरोना संक्रमणको पुष्टि

दाङ, २ जेठ । दाङका तीनसहित नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङको गढवा गाँउपालिकाका वडा नम्बर ४ का २३ वर्षिय पुरुष५ का ३६ वर्षिय पुरुष र तुलसीपुर–७ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Buddha International Hospital

त्यसैगरी बिरंगजका ९ र १० वर्षका बालक, २३ र ४७ वर्षिय महिला, उदयपुरका २५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौका ७ वर्षिय बालकमा पनि संक्रमणको पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

Advertise with us

Advertise with us