त्रिभुवननगर जेसीजको स्थापना दिवसमा रक्तदान

दाङ, जेठ २ । दाङको घोराहीमा रहेको जेसीआई त्रिभुवनगरले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो ३६ औ स्थापना दिवस मनाएको छ । लकडाउनको अवस्थामा रगतको अभावलाई पुर्ति गर्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना ग¥यो भने जेसीजका विशिष्ठ ब्यक्ति तथा जिल्लाका विभिन्न सामाविक रुपमा क्रियाशिल ब्यक्तिहरु विच अनलाईन शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ ।

Buddha International Hospital

Advertise with us

अध्यक्ष माधवप्रसाद पौडेलका अनुसार रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान भएको हो । रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले रक्तदान गरेका थिए । साथै नेपाल जेसीजका अध्यक्ष अशोक शंकर सहित विभिन्न पदाधिकारीहरु र जिल्लाका विभिन्न ब्यक्तिहरु विचमा अनलाईन शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको महासचिव मिनराज भाटले जानकारी दिनुभयो ।

Advertise with us