लकडाउनमा छोपिएका सवारी साधन फिर्ता

घोराही, २ जेठ। लकडाउन उल्लंघन गरेको भन्दै दाङमा नियन्त्रणमा लिईएका सबै सवारीका साधनलाई प्रहरी फिर्ता गरेको छ । लकडाउन सुरु भए सँगै प्रहरीका जिल्ला भर रहेका युनिटहरुले नियन्त्रणमा लिएका करिब एक हजार ८ सय सवारीका साधन सम्बन्धित गाडी धनीको जिम्मा लगाएको हो ।

Buddha International Hospital

लकडाउनको समयमा घर बाहिर समेत निस्कन नहुने अबस्थामा पनि सवारीका साधन लिएर सडकमा आएकाहरुका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ति सवारीका साधनहरु लकडाउन खुलेपछि मात्रै फिर्ता गर्ने बताएको प्रहरीले लकडाउन लम्बिदै गएपछि फिर्ता गरेको हो ।

Advertise with us

नियन्त्रणमा लिईएका सवारीका साधनलाई खुल्ला स्थानमा राख्दा घाम पानीले विग्रने अबस्थामा पुगेपछि फिर्ता गर्ने निर्णय लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनमा सबै भन्दा धेरै मोटरसाईकल, स्कुटर, ट्रक, जिपकार, ट्याक्टर तथा अटो रहेका थिए ।

लकडाउन लम्बिदै गएको र सवारीका साधन पनि घाम पानीका कारण क्षति हुने अबस्थामा पुगेकाले सम्बन्धित धनीलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तर कतिपय सवारी धनीहरुले लामो समय सम्म बेवारीसे अबस्थामा राखेका कारण विग्रीएको गुनासो समेत गरेका छन् ।

Advertise with us