नेपालका २४ जिल्लामा फैलियो कोरोना संक्रमण, २५८ जना संक्रमित

घोराही, २ जेठ । गएको माघ १० गते देखी नेपालमा देखिएको कोरोना भाईरसको संक्रमण अहिले २४ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ जिल्लाका २ सय ५८ जना जनामा अहिले सम्म कोरोना भाईरसको संक्रमण देखिएको छ ।

Buddha International Hospital

जस्मा १ सय १० जना पुरुष र ४८ जना महिला रहेका छन् । प्रदेश ५ मा सबै भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । जस अनुसार प्रदेश १ मा ३५, दुईमा एक सय, बागमतीमा १३, गण्डकीमा ३, प्रदेश ५ मा एक सय २ र सुदुरपश्चिममा ५ जना गरि २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

Advertise with us

पछिल्लो संक्रमण पुष्टि भए अनुसार बाँकेमा ८ जना र मकवानपुरका एक जनामा संक्रमण देखिएको छ । संक्रमितको उमेर २ महिना देखी ८१ बर्ष सम्मका रहेको र अधिकांश २० देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

Advertise with us