बंगलाचुलीमा क्वारेन्टाईन थपिदै

जीवन नेपाली

कमिरेचौर, जेठ २ । दाङको बंगलाचुली गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाको ८ वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको बिहिबार बसेको गाउँ कार्यपालिका बैठकले ८ वटै वडामा रहेका विद्यालय तथा सार्वजनिक स्थानमा क्वारेन्टाईन स्थापना गर्ने निर्णय गरेको हो ।

Buddha International Hospital
Advertise with us

जसअनुसार वडा नं. १ मा महेन्द्र मा.वि. स्यूजाको भवन, वडा नं .२ मा कालिका आ.वि. बढिपोखरा र एकिकृन नमुना बस्ती बढीपोखरालाई क्वारेन्टाईन बनाउने भएको छ । त्यसैगारी बंगलाचुली गाउँपालिका वडा नं.३ मा महेन्द्र मा.वी.श्रीवारी र मा.वि मुलाबारी भेडाबारी, वडा नं. ४ को महेन्द्र आ.वि.तापालाई क्वारेन्टाईन बनाउने भएको छ । त्यसैगारी वडा नं.५ को सुधा मावि झेलनेटा, वडा नं.६ को आधारभुत स्वास्थ्य केन्द्र भुतनेटा र चिउरीडाँडामा क्वारेन्टाईन बनाउने भएको छ ।

त्यसैगरी वडा नं.७ देशान्तरी सामुदायिक भवन र सरस्वती मा.वी.जवरकोट र वडा नं.८ मा एकिकृत नमुना वस्ती हाँसीपुर र आ.वि. हाँसीपुरमा क्वारेन्टाईन बनाईने भएको छ । यसअघि बंगलाचुली गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा २० बेडको र वडा नं.८ को जनकल्याण प्रा.वी हंसपुरमा १० बेडको क्वारेन्टाईन स्थापना गरीसकेको छ ।

यसैविच बैठकले गाउँपालिका भन्दा बाहिरबाट बंगलाचुली प्रवेश गर्नेहरुले अनिवार्यरुपमा सम्वन्धित वडाका अध्यक्षहरुलाई जानकारी गरायर मात्रै पालिका प्रवेश गर्न अनुरोध गरेको छ । विना कुनै जानकारी गाउँपालिका प्रवेश गर्नेहरुलाई अब गाउँपालिकाले क्वारेन्टाईनमा बसाल्ने निर्णय गरेको छ । गाउँपालिकामा अनावश्यकरुपमा छिमेकी उपमहानगर, नगर तथा गाउँपालिकाबाट स्थानियहरु ओहोर दोहोर गरेको जनगुनासो बढेपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

साथै बंगलाचुली गाउँपालिकाले गाउँपालिकामा रहेका वित्तिय संस्था, सहकारी संस्था लगाएतलाई बैठक भेला, तथा अन्य आर्थिक कारोबार नगर्न नगराउन निर्देशन दिने भएको छ । महामारीका बेला जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कुनैपनि गतिविधि गर्न नदिने निर्णय गरेको हो ।

Advertise with us